गणतन्त्र आएको १५ वर्षपछि पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुला



पोखरा । पोखराको रत्नमन्दिर गणतन्त्र दिवसको अवसर पारेर सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । पटक पटक खुलाउने भनिएपनि अहिले गणतन्त्र दिवसको अवसर पारेर खुल्ला गरेको हो ।

राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखराको लेकसाइडमा निमार्ण गरेको ‘रत्नमन्दिर’ दरबार गणतन्त्र दिवसको असवसर पारेर सोमबारबाट खुल्ला गरिएको हो । राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबार सहित १ सय ७४ रोपनी जग्गा ट्रस्टका नाममा छ । रत्नमन्दिर दरबार २८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

दरबार क्षेत्रमा साना–ठूला १० वटा भवन छन् । मुख्य भवनमा राजा–रानीको सयन कक्ष, पाहुना कक्ष, डाइनिङ हलसहित ११ वटा कोठा रहेको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ । दरबार परिसरमा फेवाताल हेर्न बनाइएको ताल घर पनि छ ।

रत्न मन्दिर दरबार परिसर डुल्न कुनै रोकतोक हुने छैन । तर, कुनै पनि भवनमा भित्र प्रवेश गर्न पाइने छैन । दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

भक्तपुरमा  प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा करिव दुई करोडको क्षति, दुई घाइते

  भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

    बाँके । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक

सीप मेलामा दश हजार भन्दाबढीको आवेदन

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला