असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर सहुलियत ऋण लिने स्वीकृति प्रदान गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले सो प्रस्ताव स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव बैठकले स्वीकार गरेको छ ।

त्यस्तै बैठकले जापान सरकारबाट मानव संशाधन विकास लागि ४१ करोडको अनुदान स्वीकृत गरेको । त्यस्तै भन्सार महसुलसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति दिने निर्णय बैठकले गरेको छ । यसले भन्सार महसुलसम्बन्धी नयाँ विधेयक निर्माण गर्ने बाटो खुलेको मन्त्री शर्माले बताइन्।

त्यस्तै असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको बैठकले गरेको उनले जानकारी दिइन् । बैठकले परराष्ट्र मामिला प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग

समाजवादी मोर्चाले राजावादीहरुको गतिविधिबारे मंगलबार धारणा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम

जनतासँग गरेका वाचा पूरा गर्न ठोस कदम चाल्नुपर्छः महामन्त्री थापा

  सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च