नेपाल प्रहरीका कर्मचारी पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा



काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले मंगलबार बिहान १० बजेर १५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा फहराएका छन् ।

इन्टरपोलको १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रमअन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक नेपालीले सगरमाथा आरोहण गरेका हुन् ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट गत चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित झण्डा हस्तान्तरण गरी नेपालीसहितको आरोहण दल वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो । पहिलो पटक वि. सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६,९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६,११९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए । नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाइ अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवं साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाललगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको आपराधिक कृयाकलापहरूविरुद्ध ऐक्यबद्धता रहेको संकेत गर्ने नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह

राष्ट्रियसभाको बैठक बस्दै, बैठकमा सरकारले पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै

काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत