सरकारी वकिलको कार्यालयमा बयान दिँदै पूर्वगृहमन्त्री खाँण


काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । सोमबार बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा खाँणको बयान सुरु भएको हो ।

उनलाई बयानका लागि बिहान १० बजेपछि सरकारी वकिलको कार्यालय लगिएको थियो । गत बिहीबार पक्राउ परेका खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले आइतबार ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो । खाँणले यो घटनामा आफनो संलग्नता अस्वीकार गर्दै आएका छन् ।

तर यो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको बताएका छन् ।