नक्कली शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छुट नदिन महासंघको आग्रह


काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

सोमबार महासंघका अध्यक्ष रामप्रसाद सुवेदी र महासचिव अर्जुन भट्टराईले विज्ञप्ति जारी गरी यस प्रकरणमा संलग्नलाई शक्तिको भरमा छुट नदिई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

देशमा गणतन्त्र स्थापना पश्चात जनताको अवस्थामा परिवर्तन भई जीवनस्तरमा सुधार हुने विश्वास गरिरहेको अवस्थामा यस्ता घटना हुनु दुःखद भएको महासंघले बताएको छ ।