नेपालमा राजनीति नेताका लागि मात्र भयोः पूर्वराजा शाह


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै एकजुट हुनुपर्ने बताएका छन् । बुधबार नेपालगंजमा उनको अभिनन्दनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले राष्ट्रको पुरानो गौरव फर्काउन हातेमालो आवश्यक रहेको बताएका हुन् ।

उनले हाम्रो राजनीति हाम्रो राज्यका व्यवस्था नेताद्वारा नेताका निम्ति, दलद्वारा दलका निम्ति भइरहेको बताएका छन् ।