चरा ठोक्किएर फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको दुबई सरकारको मिडिया कार्यालयले बताएको छ ।

आफ्नो आधिकारिक फेसबुकमार्फत कार्यालयले धावनमार्गबाट उडान गर्ने बित्तिकै फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएको जनाएको हो । त्यसपछि जहाजको इन्जिनमा आगो लागेको थियो । अहिले समस्याको समाधान भएको र जहाज उडिरहेको कार्यालयले जनाएको छ । जहाज राति १२ः१५ बजे दुबईमा अवतरण गर्ने कार्यालयले जनाएको छ ।