सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ अर्को साता हुने


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए।

सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो वहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।