शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको एकसय वर्षमा निधन


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । एकसय वर्षीया जोशीको आज बिहान ५ बजे र १५ मिनेटमा किष्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किष्ट अस्पतालमा भर्ना गरिएको थियो। उनका पति सत्यमोहन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो । उनीहरूले ८४ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताएका थिए।