कोभिड महामारीपछि एकैपटक ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल भ्रमणमा



काठमाडौं । चीनले नेपाललाई भ्रमण गन्तब्यको सूचीमा राखेपछि चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । यसैक्रममा बिहीबार चिनियाँ पर्यटकहरु जहाज चार्टर्ड गरेर नेपाल आएका छन् । टोलीमा १८१ जना चिनियाँ पर्यटकहरु रहेका छन् ।

चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री सुदन किराती, नेपालस्थित चिनियाँ राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए । पर्यटनमन्त्री किरातीले चिनियाँ पर्यटक यसरी जहाज चार्टर्ड गरी आउनु सुखद भएको बताए ।

उनले भने, ‘नयाँबर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद । भोलिदेखि नयाँवर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई बिश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र

मधेसका मुख्यमन्त्री सिंहलाई यसवर्षको महामूर्खको उपाधि

धनुषा ।  यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने

मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

बेलबारी । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक