श्रमदानका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई हर्क साम्पाङको निम्ता


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रमदानका लागि निम्ता गरेका छन् । मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेख्दै श्रमदानको अवलोकन र सहभागिताका लागि आग्रह गरेका हुन् ।