काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रकम घुस मागेको प्रकरणमा दोस्रो अडियो पनि सार्वजनिक भएको छ । कपुरबोट डटकमले आफूलाई ढाकाकुमारको भाइ बताउने व्यक्ति र प्रसाईंबीचको संवाद रहेको यो अडियो पनिे सार्वजनिक गरेको हो ।
अडियोमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय माग गरेका छन् । उनले आफ्नो दाइलाई फसाइएको भनेका छन् । जवाफमा प्रसाईंले भन्छन्, ‘मैले के सहयोग गर्दिन पर्यो त ? मैले अघि एउटा अन्तर्वार्तामा के भन्दिएँ भने त्यो माग्ने ढाका श्रेष्ठको त गल्ती हैन नि । माग्न लगाउने मान्छेको पो गल्ती हो त । कुरा बुझ्नुभएन भाइ ?’

प्रतिक्रिया