धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना


काठमाडौं । हेलि एभरेष्टको हेलिकप्टर धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको छ । आइतबार बिहान धौलागिरी बेसक्याम्प नजिकै हेलिकप्टर दुर्घटना भएको हो ।

धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा हेलिकप्टर आज बिहान ११ बजे दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । उनकाअनुसार पाइलट प्रिया अधिकारी सकुशल रहेकी छन् । उद्दार गर्नका लागि अर्को हेलिकप्टर त्यसतर्फ गएको छ ।