अभिभावकलाई तोकिएको ठाउँमा पोशाक र किताब किन्न बाध्य नपार्न महानगरको चेतावनी



काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत उनीहरूले तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको भन्दै त्यस्तो गतिविधि नगर्न आग्रह गरेको छ ।

महानगरले संस्थागत विद्यालयलाई परिपत्र गर्दै त्यसो गर्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम दण्डनीय भएको स्मरण गराएको छ ।

परिपत्रमा भनिएको छ, ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग

समाजवादी मोर्चाले राजावादीहरुको गतिविधिबारे मंगलबार धारणा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम