वायु प्रदूषण भएका १३१ देशमध्ये नेपाल १६ औँ स्थानमा



काठमाडौँ । काठमाडौँको वायु प्रदूषणको अनुभूत योग्य मापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । शुक्रबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले युयसएआईडी, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो राखेको हो । यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र छ । यो संयन्त्रले फोक्सोलाई मानिसले सास फेरे जस्तै सञ्चालन गर्छ । ३० दिनको अवधिमा वायु प्रदूषणले फोक्सोको रङ्गमा कस्तो प्रभाव पार्छ, यसलाई हेरिनेछ ।

वायु प्रदूषणले मानिसको फोक्सोलाई कसरी हानी गरिरहेको छ भनेर देखाउन र बुझाउन यसबाट मद्दत पुग्नेछ । यसलाई बुझाउन कृत्रिम फोक्सोसँगै काठमाडौँको वायु प्रदुषणको मात्रा देखाइनेछ ।

वातावरण र जनस्वास्थ्यको सुधारका लागि निर्णयकर्तालाई यसले वास्तविक अवस्था देखाउनेछ । वायु प्रदूषणलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति तर्जुमा र कार्यान्वयन प्रक्रियाका लागि यसबाट तथ्य प्राप्त हुनेछ ।

विश्वका १३१ भन्दा धेरै देश वायु प्रदूषणसँग सम्बन्धित समस्यासँग जुधिरहेका छन् । सन् २०२२ मार्च ४ तारिखमा सार्वजनिक भएको स्वीस प्रविधिमा आधारित आइक्यु एअरको अध्ययनले धेरै वायु प्रदूषण हुने देशहरुमा नेपाललाई १६ औँ स्थानमा देखाएको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो । त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो । नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये दीर्घकालीन फोक्सोको रोग (सीओपिडी) एक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुन्छ ।

वायु प्रदुषणका लागि व्यक्तिका हरेक क्रियाकलाप जिम्मेवार हुन सक्छन् । उनीहरुका आचरणगत क्रियाकलापका कारण प्रदुषण बढाउन योगदान नगर्नेलाई पनि असर गरिरहेको हुन्छ ।

विश्व अहिले गैरसंक्रामण रोगबाट हुने मृत्युको जोखिममा धकेलिँदै गएको छ । यसबेला सहरलाई मानव बसोबास अनुकुल बनाउन वायु प्रदूषण नियन्त्रण साझा मत निर्माण हुनुपर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा ९० प्रतिशत काम सकियो

ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गले बागलुङका दुर्गम बस्तीलाई

रुपाताल संरक्षणसम्बन्धी काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार

चौधवर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको