सेनाले माग्यो फिल्म निर्देशकदेखि एयर ट्राफिक कन्ट्रोलरसम्म



काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो। सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गर्दै आज गोरखापत्रमा सूचना निकालेको छ । १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ ।

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्ने छ। १० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ। दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ । आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान घिसिङले चाहे जसरी सरकार अघि बढ्न सक्दैनः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीमा कागज उद्योग सञ्चालनमा

काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १, रामनगरमा स्थापना

काठमाडौं महानगरलाई मन्त्रालयको पत्रः गुरागाईंलाई काम गर्न दिनु

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीलाई काम गर्ने वातावरण

ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

काभ्रे। काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ