मोरङमा अरुको नाममा एसइई दिने ११६ जना पक्राउ



विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई बिहीबार अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च

अछाममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

अछाम । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको

राष्ट्रियसभा अध्यक्षद्वारा चार विधेयक प्रमाणित

  काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले