राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना



गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।

आइतबार बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुगेका उनले गोरखनाथ र गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । उनलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराएका थिए ।

गोरखकाली मन्दिरको पूजासकेलगत्तै राष्ट्रपति पौडेललेसँगै रहेको गोरखनाथ मन्दिरमा पनि पूजा गरेका हुन् । मन्दिरमा पूजा गरेर फर्किएरपछि उनले गोरखा सदरमुकामस्थित ठूलो आँगनमा रहेको नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसमेत गरे।

उनले आज नै ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालयकोसमेत अवलोकन गरेका छन् । दरबार सङ्ग्रहालयको अवलोकनका क्रममा त्यहाँ रहेका स्थानीयसँग पनि केहीबेर राष्ट्रपति पौडेलले कुराकानी गरेका थिए। राष्ट्रपति पौडेल आजै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार