साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि



काठमाडौं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्याङ्क विभागले जनाएको छ ।

२०६८ सालको जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । तथ्याङ्क उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको जानकारी दिए ।

उपप्रमुख रेग्मीले भने, ‘नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।’

उनकाअनुसार नेपालमा २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको बताए ।

यो सङ्ख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा दुई लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र तीन लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनगणनाको पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेका छन् । २०६८ को राष्ट्रिय जनगणनाभन्दा दुई लाख ६९ हजार ९८ जनाले बढी हो ।

२०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

उपप्रमुख रेग्मीले जनगणनामा सधैँका लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको बताए । त्यस्तै, परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन । उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कुल जनसङ्ख्याको सबैभन्दा बढी प्रतिशत रहेको उनले जानकारी दिए । २०६८ सालको जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेर समूहका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

पोखरा महानगर क्षेत्रको फोहोरपानी तथा ढल व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

  गण्डकी । पोखरा महानगर क्षेत्रको  फोहरपानी व्यवस्थापनसम्बन्धी गुरूयोजना तयार गरिएको छ ।

न्यायपालिकाप्रति जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो,

ताप्लेजुङमा नाबालिकामाथि करणी गरेको आरोपमा एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा १५ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ