झापाको दमकमा पूर्वराजा र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।

बुधबार दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जवरा दमकस्थित पूर्वराजाको निवास पुगेर भेटेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट पूर्वराजाले देशको राजनीतिक अवस्थाकाबारेमा चिन्ता व्यक्त गरेको बताए ।