एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ(भिडियोसहित)



काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत कट्टेलले रंगशालाको काम अघि नबढ्दा आफूले मानसिक यातना भोगिरहेको बताएका हुन् ।

उनले एउटा रंगशाला बनाउनु के अपराध थियो त भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘ काम अघि नबढ्दा म दुई वर्षदेखि मानसिक यातना भोगिरहेको छु । डिप्रेसिभ छु । आज क्रिकेटले जुन सफलता हासिल गरेको छु । जुन उचाइमा पुगेको छ । एक चोटी महसुस गरौं । एउटा रंगशाला आवश्यक रहेछ की रहेनछ ? एउटा स्तरीय रंगशाला नहुँदा नहुँदै नेपाली खेलाडीले शीर उचो बनाएका छन् । ती खेलाडीलाई खेल्ने एउटा रंगशाला बनाउनु के अपराध थियो । के हामीले पाप गरेका थियौं ?’

उनले रंगशाला निर्माणमा आफूले कुनै गल्ती नगरेको र भेटिए जुनसुकै सजाय खेप्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’ उनले आफूहरु रंगशाला छोडेर कतै भागेको नभइ रंगशाला कुरेर बसिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ । नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य