रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय



काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनको आधारमा महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा  यस्तो निर्णय गरेको महान्यायाधिक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धानको फाइल आइतबार महान्यायाधिवक्ता कार्यालय पुगेका थिए । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै पठाएको थियो । लामिछानेको नेपाली र अमेरिकी राहदानी रहेको तथा उनले एकै पटक दुई वटा राहदानी प्रयोग गरेको आरोप लागेको थियो ।

अमेरिकी राहदानी नबुझाई नेपाली प्रयोग गरेको पाइएपछि उनी विवादमा परेका थिए । लामिछाने सुरुमा नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरि विवादमा परेका थिए।

उक्त विवादमा सर्वोच्चले उनीसँग नेपाली नागरिकता नभएको फैसला गरेको थियो । लगत्तै उनले जिल्ला प्रशासन कार्यालय पुगेर प्रक्रिया पूरा गरेर नागरिकता लिएका थिए । सर्वोच्चको फैसलासँगै उनले सांसद र मन्त्री पद गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब छिमेकीसँग माग्ने होइन, आत्मनिर्भर हुने बाटोमा लाग्नुपर्छ :अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न

१५ लाखभन्दा बढीको नक्कली नोटसहित सुनसरीबाट दुईजना पक्राउ

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ

त्रिभुवन विमानस्थल आसपासमा चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा,

मुलुकमा धार्मिक सद्भाव कायम गर्न धार्मिक अगुवाहरुको अपील

  काठमाडौँ ।  धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका