१४ वर्षपछि आज स्ववियु निर्वाचन



काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज हुँदैछ ।स्ववियु निर्वाचन अन्तर्गत आज बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुँदैछ । १४ वर्षदेखि रोकिएको स्ववियुको निर्वाचन आजका लागि तोकिएको हो । दुई वटा आंगिक क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा निर्विरोध रूपमा स्ववियु गठन भइसकेको छ ।

बाँकी रहेका अधिकांस क्याम्पसहरूमा निर्वाचन गरी कार्यसमितिका पदाधिकारी र सदस्यहरू छनौट गर्न लागेको हो । त्रिभुवन विश्वविद्यालयले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैलाई अपील गरेको छ ।

आज ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिविले प्रत्येक दुई/दुई वर्षमा निर्वाचन गर्नुपर्ने प्रावधान रहेपनि स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीद्वारा कार्यदल गठन

  काठमाडौँ । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग

समाजवादी मोर्चाले राजावादीहरुको गतिविधिबारे मंगलबार धारणा सार्वजनिक गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम