काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।
झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपालले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै जागरिक उन्मुक्ति पार्टीले पनि अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया