नेपाली उत्पादन प्रयोग गर्न मातहतका निकायलाई उद्योग मन्त्रालयको परिपत्र


काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरुलाई स्वदेशी उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै संस्थान र विभागलाई स्वदेशी उत्पादन प्रयोग गर्न भनेको हो ।

उद्योग मन्त्रालयले परिपत्र जारी गर्दै फागुन १२ गते सचिवको संयोजकमा बसेको ६४ औं केन्द्रीय अनुगमन तथा मुल्यांकन समितिको बैठकको निर्णयले सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने प्रवन्ध मिलाउँने उल्लेख गरेकाले सो बमोजिमको निर्णय कार्यान्वयनको लागि आग्रह गरेको हो । मन्त्रालयले सोही निर्णयलाई टेकेर मातहतका विभाग र संस्थानलाई स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन दिएको बताएको छ ।