पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने



काठमाडौं । नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ ।

सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय (परराष्ट्र मन्त्रीस्तरीय) ले नयाँ व्यवस्था गरिएको हो ।

राहदानीको लागि तोकिएको प्रक्रिया पूरा गरी र कन्सुलर सेवाको लागि खास गरी अधिकृत वारेसनामाको लागि भेटघाटको समय लिएर मात्र राजदूतावासमा जानुपर्ने पेरिसस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पोर्चुगलको लिस्वनमा राहदानीको दरखास्त सङ्कलनका लागि राहदानी विभाग, काठमाडौँबाट एउटा टोली पठाउने निर्णय भइसकेको र सोका लागि आन्तरिक प्रक्रिया पूरा भई पोर्चुगल जाने मिति निश्चित भएपछि राजदूतावासले तत्सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते