संविधानको संरक्षण गर्ने अभिभाराका लागि सचेत छुः पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताए ।

उनले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताए । उनले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्व सबैले बुझ्नुपर्ने बताए ।

वर्तमान राजनीतिक प्रणालीमाथि खेलवाड गर्ने प्रयासहरु भइरहेको भन्दै उनले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताए ।

उनले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभूति र सद्भाव राखेको अनुभूति आफूले गरेको बताए । पौडेललाई आठ दलको समर्थनमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको

अब विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली

झापामा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय