तारा एयरको जहाज दुर्घटना हुनुमा चालकदलको कमजोरी रहेको जाँचबुझ आयोगको निष्कर्ष



काठमाडौं । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज दुर्घटनाको जाँचबुझ प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको छ । जहाज दुर्घटनाकाबारेमा जाँचबुझ गर्न गठन भएको आयोगले अन्तिम प्रतिवेदन मन्त्री किरातीसमक्ष पेश गरेको हो ।

प्रतिवेदनमा जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको उल्लेख छ । जहाज दुर्घटना हुनुमा सम्भावित ८ कारणहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

जहाज दुर्घटना हुनुमा चालकदलले स्ट्यान्डर्ड अप्रेसन ओफ प्रोसिजर पालना नगरेको, बाटोमा मौसम सम्बन्धी चेतावनी दिने ’टावस’ क्यान्सल गरिएको, चालकदलले परिस्थितिजन्य अवेयरनेस गुमाउनुलाई दुर्घटनाको कारण मानिएको छ ।

त्यस्तै बाटोमा मौसम खराब भएको, कोपाइलटलाई त्यस क्षेत्रको अनुभव कम भएको, चालकदलले नेभिगेसन उपकरणहरूको अधिकतम उपयोग नगर्दा जहाज दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पोखराबाट जोमसोम जाँदै गर्दा २०७९ जेठ १५ गते मुस्ताङमा तारा एयरको नाइन एन एइटी विमान पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङनजिकै सानुसरे भीरमा भएको दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको थियो । सरकारले तत्कालै वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पालुङटारमा दुई वटा चितुवा मृत फेला

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत

एकीकृत निर्वाचन विधेयक सङ्घीय संसदमा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

काठमाडौँ।  सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय

विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा