पूर्वमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठको निधन



काठमाडौं । नागरिक अगुवा डा. मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ। श्रेष्ठको सोमबार बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठ मानव अधिकार आन्दोलनको रक्षकको रुपमा चिनिन्थे ।

श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए । विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ। उनका ६ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा

अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

सामाजिक सञ्जालले अराजकता फैलाएकाले नियमन गर्नुपर्‍योः मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जालले अराजकता फैलाएको छ