प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारोहमा सरिक भइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे सहभागी थिए ।

त्यस अवसरमा प्रादेशिक, जातीय र भूगोलको पहिचान दिने धार्मिक, सांस्कृतिक र परम्परागत गीतसङ्गीत र नृत्य प्रस्तुत गरियो । सांस्कृतिक कार्यक्रममा नेपालको प्रख्यात झिझिया, तामाङसेलो, कौरा, झ्याउरे, हुड्के, सोरठीका साथै किसान नाच समावेश गरिएको थियो ।

मुलुकको सबैभन्दा पुरानो गैरराजनीतिक सङ्गठनका रूपमा रहेको सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।

मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न विधाका उच्च पदस्थ अधिकृत तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि सांस्कृतिक कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका चार पूर्वप्रमुखसमेत सहभागी थिए ।

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता
प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापतिसहित समकक्षसँग उहनीहरूले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही भेटघाट र छलफल गरेका हुन् ।

भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग नेपाल भ्रमणमा छन् ।

सेना दिवसका अवसरमा नेपाली सेनाले आजै जङ्गी अड्डामा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा समेत उनीहरू सहभागी भए ।

यसअघि उनीहरूले आजै मुस्ताङको जोमसोम इलाकाको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना भएको सेना दिवस मुख्य समारोहमा उनीहरूले अथितिका रूपमा भाग लिएका थिए ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ

पत्रकारको पास निलम्वन गरेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र