सांसद चन्द्र भण्डारीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगियो



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार दिउँसो एयर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टर लगिएको हो ।

सांसद भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको छ ।

काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पालुङटारमा दुई वटा चितुवा मृत फेला

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत

एकीकृत निर्वाचन विधेयक सङ्घीय संसदमा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

काठमाडौँ।  सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय

विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा