इन्टरपोलको सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता



काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फिर्ता भएका छन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि सुरु भएको इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोली सहभागी भएको थियो ।

उनले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी सङ्गठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको जानकारी दिए । प्रहरी महानिरीक्षक सिंहले एसियाली देशहरूबाट आतङ्कवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याका रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकताबद्ध अघि बढ्ने विषयमा छलफलमा भएको जानकारी दिए ।

इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौँ सदस्य राष्ट्रसमेत भएकाले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको पनि उनले बताए ।

हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई अधिकृतहरू सिङ्गापुर र लियोनमा कार्यरत रहेको स्मरण गर्दै उनले नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताए । महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फलगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको पनि बताए ।

सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल–रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए ।

साथै सम्मेलनका क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल भएको पनि उनले उल्लेख गरे ।

नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँ नेपालका प्रमुखसमेत रकेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा सहभागी थिए । यसअघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामान्य प्रशासन मन्त्रालयलाई पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या समाधानको पहल गर्ने जिम्मेवारी

  काठमाडौँ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक

ठमेलमा आगलागीबाट ६५ लाखको क्षति

काठमाडौँ ।  ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा  ६५ लाख बराबरको धनमाल

ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०