राष्ट्रपतिको सवारीमा चिकित्सकमाथि कुटपिट


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै चिकित्सक आन्दोलित भएका छन् ।

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी प्रहारबाट ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएपछि चिकित्सक आन्दोलित भएका हुन् ।

संसदमा सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा चिकित्सकहरुले प्रदर्शन गरेका हुन् ।