प्रचण्ड र ओली छलफलमा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेको सचिवालय बैठकपछि अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

दुई नेताबीच राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थिति, सुदुरपश्चिम प्रदेश सरकारलगायतको विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो समय ओली र प्रधानमन्त्रीबीच दिनहुँजसो भेटघाट हुन थालेको छ । राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने ओलीको भनाई र राष्ट्रिय सहमति खोज्नुपर्ने प्रधानमन्त्रीको भनाईले उनीहरुबीच अविश्वास बढ्दै गएको बताइन्छ ।