सहायक रथी भट्टलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बिहीबार जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २३ गते भएको निर्णयअनुसार भट्टलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो । पदोन्नति भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन् ।

कार्यक्रमका अवसरमा प्रधानसेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका एकजना महासेनानी र प्रमुख सेनानीमा नियुक्त भएका चारजनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

सुन्दरबजार, (लमजुङ) । पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट

गौशाला धर्मशाला सञ्चालनका विषयमा मारवाडी सेवा समितिका पक्षमा उच्च अदालतको फैसला

काठमाडौं । पशुपति गौशाला धर्मशाला सञ्चालन मारवाडी सेवा समितिले गर्न पाउने भएको छ

कुलमान घिसिङले चाहे जसरी सरकार अघि बढ्न सक्दैनः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई