यो हो बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने गिरोह



काठमाडौं । अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन् । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न पर्साका अजय चौंधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौंधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौंधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उनीहरुको साथबाट नौं थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटिएम कार्ड पनि बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरि नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने

काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय

काठमाडौँ दक्षिणकाली मन्दिरमा नवरात्रको छैठौँ दिन भक्तजनको घुइँचो

दसैँ नवरात्रको छैठौँ दिन मङ्गलबार बिहान काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न

तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माणलाई

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

जानकी (बाँके) । भारत सरकारले बाढीपीडितका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ। बाँकेका प्रमुख