एसईई परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ ।
माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।