अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजिपी सिंहको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित भएर लाग्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित समारोहमा महानिरीक्षक सिंहले जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।

आर्थिकरूपमा पारदर्शिताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्षरूपमा देखिने गरी तथ्याङ्कमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहीता रहने उल्लेख गरे ।

योग्यताको आधारमा जिम्मेवारी दिइएको भन्दै उनले प्रहरी अधिकृतहरूले उत्कृष्टरूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको बताए ।

नेपाल सरकारले अङ्गिकार गरेको समृद्धिसहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको स्मरण गराउँदै उनले प्रदेश सरकार एवं स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आआफ्नो जिम्मेवारी वहन गर्न सुझाव दिए ।

प्रहरीको आचरण एवं व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका १७ डिआइजी र २७ एसएसपीको सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले