नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व होः प्रधानसेनापति शर्मा



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन् ।

तीन सय एक औं पृथ्वी जन्मजयन्तीका अवसरमा बुधबार गोरखामा आयोजित शालिक अनावरण र झण्डोत्तोलन कार्यक्रममा उनले राष्ट्रनिर्माताले लिएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको बताएका हुन् ।

प्रधानसेनापति शर्माले भने, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत महत्त्वपूर्ण हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व छ ।”

सेनाले गढी, किल्ला, दरबार, कोट तथा कला संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकता कायम गर्न टेवा पुर्याउँदै आएको छ । सेनाका संस्थापक एवं राष्ट्रनिर्माताले नेपालको आर्थिक, सामाजिक एवं वैदेशिक नीतिका सम्बन्धमा दिएको मार्गदर्शन आज पनि उत्तिकै मननयोग्य रहेको उनले उल्लेख गरे ।

राष्ट्रिय सुरक्षा रणनीति, कूटनीति र राष्ट्रिय एकताका सम्बन्धमा दिएको दिव्योपदेश हाम्रो राष्ट्रको गौरवमय इतिहास जोगाइराख्न महत्त्वपूर्ण सावित हुँदै आएको उनको भनाइ थियो ।

यसअघि आजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरेका थिए । त्यहाँ प्रा डा जगमान गुरुङ र प्रा डा घनश्याम भट्टराईबाट दिव्योपदेशसम्बन्धी प्रवचन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति शर्माले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्रालाई पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना

राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले