प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा/बढुवा हुन्छः गृहमन्त्री



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पारेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने बताए ।

यसअघि नै गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई आफ्नो चाहना पूरा गर्न राजनीतिज्ञ तथा अन्य माथिल्लो कायमा भनसुनका लागि गए कारबाही हुने स्पष्ट निर्देशन दिइसकेका छन् ।

समारोहमा गृहमन्त्री लामिछानेले सङ्गठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निभाउन पनि आग्रह गरे ।

उनले विगतमा भएका कमजोरीलाई सुधार गर्दै प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङ्गरुको कठ्याङ्ग्रिँदो चिसोसँगै तैनाथ अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर रहेको बताउनुहुँदै क्षमताले भ्याएसम्म पूर्वाधार विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री लामिछानेले भने, “अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत सेवा गर्नु, खबरदारी र ड्युटी गर्नु देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।”

उनले मनमा जहिले पनि हामी थोरै छौँ तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोहीअनुसार कार्यसम्पादन गर्न पनि सुझाव दिए । गृहमन्त्री लामिछानेले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुनविपरीत क्रियाकलाप गर्ने सधैँ डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने चाहना व्यक्त गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाइ राज्यप्रदत्त जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्दै आइरहेको बताए ।

उनले सशस्त्र प्रहरी नागरिकको सेवा, सुरक्षा, सहयोग र विपद्मा परेकाहरूको उद्वार तथा सिमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको उल्लेख गरे ।

आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतिमा सङ्गठनलाई चल्ने अवस्था सिर्जनाका लागि पारदर्शिता र जवाफदेहितासहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, युएन मिसन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरूलाई न्यायसङ्गत वितरणको प्रक्रिया थालनी गरिएको पनि उनले जानकारी दिए । महानिरीक्षक अर्यालले सङ्ठनमा सुरुवात गरिएका नीतिगत, संस्थागत एवं संरचनागत सुधारका योजनाहरू गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

मुजफ्फरपुर । उत्तर प्रदेशको प्रयागराजमा भएको महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

ठूलीभेरी । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार

नवलपरासीमा मञ्चबाट स्वागत मन्तव्य व्यक्त गरेर ओर्लिएपछि वडाध्यक्ष मियाँको हृदयघातबाट निधन

  मध्यविन्दु ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको