अमेरिकाबाट अवैधरुपमा विदेशी मुद्रा भित्राउन खोज्ने पृथ्वी शाहसहित ६ पक्राउ



काठमाडौं । अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्राउने खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शाहलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता कमल थापाले शाहलगायत ६ जनालाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ पर्नेमा शाहसँगै उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत काफ्ले र रंगबहादुर साउद छन् ।

ठगीसम्बन्धी कसुरमा उनीहरुलई पक्राउ गरिएको उनले बताए । शाहले स्विफ्टमार्फत ४६ लाख ४६ लाख ७३७ अमेरिकी डलर, १२ हजार ८२५ पाउन्ड, नेपाली रुपैयाँ ३ करोड २२ लाख २८ हजार ६८० गैरकानुनी रुपमा ठगी गरि ल्याएको अनुसन्धानबाट खुलेको छ ।

शाह अमेरिकाबाट अवैध च्यानल हुँदै आएको करोडौं रकम फुक्का गरिदिने केसमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पनि विवादमा जोडिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोडियो सडक सञ्जालमा

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ ।

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट