रुद्रमती किनारका मिचिएका सार्वजनिक जग्गाको खोजी गर्दै प्राधिकरण



काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो ।

प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए ।

प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उनले बताए । प्रतिवेदन तयार भएपछि मिचिएका जग्गालाई सार्वजनिक उपभोगमा ल्याउन पहल थालिने भएको छ ।

सार्वजनिक जग्गा संरक्षण र मापदण्ड पालनामा प्राधिकरण लागिपरेको छ । प्राधिकरणले बल्खु खोला नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान पनि सुरु गरेको जनाएको छ ।

काठमाडौँ उपत्यकाका अन्य नदी किनार दायाँबायाँका जग्गाको पनि संरक्षण गरिने भएको छ । मिचिएका नदी किनारका जग्गाको संरक्षण गरी विपद् व्यवस्थापनका लागि उद्यान निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा

देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली