गृहद्वारा दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न परिपत्र



काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

कानूनविपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगी/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सोसमेत छानबिन गरी तत्काल बन्द गर्न भनिएको छ ।

गृहप्रवक्ता पोखरेलले अब स्थानीय प्रशासनमार्फत अनुगमन हुने र त्यहाँ अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन कार्य गरिरहेका उद्योग फेला परेमा बन्द गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

अवैध भरुवा बन्दुकसहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा ।  अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ

करेन्ट लागेर खोटाङमा एकजनाको मृत्यु, एक घाइते

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३