सत्ता गठबन्धनका नेताहरु बालुवाटारमा छलफलमा
काठमाडौं । सत्ता साझेदार पाँच दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्रीले पुस २६ गते संसदमा विश्वासको मत लिने तयारी छ । यसै विषयमा छलफल गर्न नेताहरु बालुवाटारमा जुटेका हुन् ।
यसअघि आज दिउँसो प्रधानमन्त्रीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरी सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सत्ता साझेदार दलमध्ये राप्रपा र जसपा सरकारमा सहभागी भएका छैनन् ।