अवकासको मुखमा सैनिक उपरथी प्रेम शाही सैनिक हिरासतमा



काठमाडौं । सैनिक उपरथी प्रेम शाहीलाई अवकाशको मुखमा नेपाली सेनाले सैनिक प्रहरी हिरासतमा राखेको छ ।

उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका उपरथी शाहीलाई हिरासतमा राखिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार विगतमा भ्रष्टाचार गरेको आरोप लागेको र उक्त विषयमा छानबिन बाँकी रहेकाले हिरासतमा लिइएको हो ।

उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेसँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो। सर्वोच्चले पदावधि नथपेको भए उनी पुस २० गते बुधबार उमेर हदका कारणले अवकाशमा जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीधाकुरा डटकमका सम्पादक र प्रकाशकलाई तीन महिना कैदको फैसला, अदालतको अवहेलना गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले सीधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ ।

बाढीपहिरोले ११ सय मेगावाट विद्युत् उत्पादन बन्द, एक हजार १० मेगावाट जडित क्षमताका १५ वटा निर्माणाधीन आयोजनामा क्षति

काठमाडौँ । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको

झ्याप्ले खोला दुर्घटनाः आँसु रोक्न सकिरहेका छैनन् आफन्त

काठमाडौँ । यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो

कोशी प्रदेशमा बाढीपहिरोमा परी १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर । शनिबार साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति