राजस्व चुहावट र जघन्य अपराध नियन्त्रणमा लाग्न आईजीपी सिंहको निर्देशन



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले राजश्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निस्तेज गर्ने काममा लाग्न प्रहरी संगठनलाई निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरुसँग भर्चुअल बैठकमा प्रहरी महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् । उनले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवम् कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न निर्देशन दिए ।

सार्वजनिक सुरक्षा अमनचयन कायम गर्न र संगठको उद्देश्य प्राप्तिका लागि विषम् परिस्थितिमा पनि संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहेकाले त्यहीअनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उनले आग्रह गरे ।

सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरे। प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम–कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उनले बताए ।

बैठकको सुरुमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोले ११ सय मेगावाट विद्युत् उत्पादन बन्द, एक हजार १० मेगावाट जडित क्षमताका १५ वटा निर्माणाधीन आयोजनामा क्षति

काठमाडौँ । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको

झ्याप्ले खोला दुर्घटनाः आँसु रोक्न सकिरहेका छैनन् आफन्त

काठमाडौँ । यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो

कोशी प्रदेशमा बाढीपहिरोमा परी १४ जनाको मृत्यु, आठ बेपत्ता

विराटनगर । शनिबार साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

कमलामाई (सिन्धुली) । अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ