प्रहरीलाई सरुवा बढुवाका लागि नेताको दैलोमा नधाउन गृहमन्त्रीको चेतावनी



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरूवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लामिछानेले आफू कानुनसम्मत चल्ने बताएका हुन् । उनले नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने बताए ।

प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै उनले त्यसका लागि कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि आग्रह गरेका छन् ।

सरुवा बढुवाकै लागि नेताको घरमा धाउने कुरालाई अन्त्य गर्न चाहेको भन्दै उनले यदि कसैले त्यस्तो गरेको देखिए कारवाही गर्ने चेतावनी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने