विभागीय स्वीकृति नलिई दलका नेता तथा कूटनीतिज्ञसँग भेट गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी



काठमाडौं । गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

बिहीबार मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी सुरक्षाकर्मीहरुले कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुपरेमा अनिवार्य विभागीय अनुमति लिनुपर्ने निर्देशन जारी गरिएको बताएका छन् ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएकाले यस्तो निर्देशन दिएको प्रवक्ता पोखरेलले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ ।’

निर्देशन विपरीत सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक दलका नेतासँग भेट गरे/गराएको पाइएमा अनुशासनसम्बन्धी कारबाही हुने पनि मन्त्रालयले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना