आमनिर्वाचन सकियो, अब प्रहरी नियमित काममा केन्द्रित हुनुपर्छः महानिरीक्षक सिंह



काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

हालै काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले यस्तो बताएका हुन् ।

हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात अब प्रहरीको नियमित काममा केन्द्रित रहन प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के–कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के–कस्ता काम भए, यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए ।

नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उनले बताए । कार्यालय प्रमुख अनुसार काममा फरक आउने गरेकोतर्फ इङ्गित गर्दै उनले पूर्ण व्यावसायिकता, स्वस्थ्य प्रतिस्पर्धा, आर्थिक पारदर्शिता अवलम्बन गर्दै अब्बल कार्यसम्पादन गरी यस अवसरलाई सदुपयोग गर्न निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधहरूको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उनले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना