प्रचण्ड र विवेक ओवरायबीच भेटवार्ता


काठमाडौं । नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतीय चर्चित अभिनेता सुरेश ओवराय र विवेक ओवरायले बिहीबार नेकपा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न उनीहरु बिहीबार अपरान्ह खुमल्टार पुगेका थिए । प्रचण्डलाई भेट्नुअघि ओवरायले बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए भने चन्द्रागिरी पनि पुगेका थिए ।